विदेश

प्रेमदासाको राष्ट्रपति बन्ने इच्छा, विदेश जान लागेका पूर्वअर्थमन्त्रीलाई प्रदर्शनकारीले रोके

हिमालय टिभी
२०७९ असार २८ गते १३:०३
प्रेमदासाको राष्ट्रपति बन्ने इच्छा, विदेश जान लागेका पूर्वअर्थमन्त्रीलाई प्रदर्शनकारीले रोके

२८ असार २०७९ कोलम्बो । श्रीलंकाका प्रमुख विपक्षी दलका नेता सजित प्रेमदासाले राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका छन् ।

सन् २०१९ मा राष्ट्रपति निर्वाचनमा पराजित भएका उनले सर्वदलीय अन्तरिम सरकारमा सहभागी हुन तयार रहेको बताएका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा भएपछि राष्ट्रपति गोटावाया राजापक्षेले भोलि राजीनामा दिने घोषणा गरेका छन् ।

राजापाक्षेले राजीनामा दिएपछि नयाँ राष्ट्रपति छनौटमा सहमति खोज्ने प्रयत्नमा राजापाक्षेको दल समगी जन बलवेगया (एसजेबी) छलफल गरिरहेको छ ।

राजापक्षेले भोलि राजीनामा दिएमा एक हप्तामा नयाँ राष्ट्रपति चयन गरिनेछ । श्रीलंकामा नै प्रदर्शनकारीले पूर्व अर्थमन्त्री बसेल राजापक्षेलाई विदेश जान दिएनन् ।

दुबई प्रस्थानका लागि विमानस्थल पुगेका उनलाई प्रदर्शनकारीले रोकेका हुन् । देश आर्थिक संकटमा फसेपछि बसेलले गत अप्रिलमा राजीनामा दिएका थिए ।

राष्ट्रपति गोटााबया तथा पूर्व राष्ट्रपति महिन्दा राजापक्षेका भाइ बसेलसँग श्रीलंका र अमेरिकाको दोहोरो नागरिकता रहेको आरोप छ ।

प्रदर्शनकारीहरुले राजपक्ष परिवारका सदस्यका साथै राजनीतिक दलका उच्च नेताहरुलाई विदेश जानबाट रोक्नका लागि विमानस्थलमा पनि चेकपोष्ट राखेर बसेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *