विदेश

दक्षिण अफ्रिकामा बन्दुकधारीको आक्रमणमा १५ जनाको मृत्यु

हिमालय टिभी
२०७९ असार २७ गते ९:००
दक्षिण अफ्रिकामा बन्दुकधारीको आक्रमणमा १५ जनाको मृत्यु

२७ असार २०७९ दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाको शोवोतेमा शहरस्थित बारमा बन्दुकधारीले गरेको आक्रमणमा १५ जनाको मृत्यु भएको छ ।

दर्जनौं घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

यस्तै दक्षिण अफ्रिकाकै क्वाजुलु नताल शहरमा भएको अर्को गोलीकाण्डमा ४ जनाको मृत्यु भएको छ ।

व्यस्त शहरमा हतियारधारी समूहले जथाभावी गोली हानेको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *