विदेश

श्रीलंकामा जनताद्वारा राष्ट्रपति भवन कब्जा, राष्ट्रपति राजापाक्षे भागे

हिमालय टिभी
२०७९ असार २५ गते १७:४९
श्रीलंकामा जनताद्वारा राष्ट्रपति भवन कब्जा, राष्ट्रपति राजापाक्षे भागे

२५ असार २०७९ कोलम्बो । श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको सरकारी निवासमा प्रदर्शन गरेका छन् ।

हजारौं प्रदर्शनकारीले राजधानी कोलम्बोमा प्रदर्शन गर्दै प्रहरीको अवरोध पन्छाउँदै राष्ट्रपतिको निवाससम्म पुगेर आज प्रदर्शन गरेका हुन । उनीहरुले राष्ट्रपति राजापाक्षेको निवास वरपर पुगेर ढुंगा तथा इँटा प्रहार गरेका छन् ।

श्रीलंकामा आर्थिक मन्दी चर्किएपछि श्रृङ्खलावद्ध प्रदर्शन भइरहेको छ । आजको प्रदर्शन ठूलोमध्येको एक हो । प्रहरीले सयौँ राउण्ड अश्रुग्यास र हवाई फायर गरेको छ । उनीहरुले राष्ट्रपतिले पारिवारिक व्यक्तिलाई मात्रै मुख्य पदमा नियुक्ति गरेको र आफ्नो स्वार्थका लागि देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् ।

पेट्रोल र डिजलको चरम अभावका बीच पनि देशका विभिन्न ठाउँबाट ट्रक र बस चढेर हजारौँ प्रदर्शनकारी राजधानी कोलम्बो पुगेका छन् । २ करोड २० लाख जनसंख्या भएको श्रीलंका आर्थिक रुपमा टाटा पल्टिएको छ ।

औषधि, इन्धन, खाद्यान्न लगायतका वस्तुको चरम अभाव भएको छ । नागरिक भोकमरीमा पुगेका छन्, विद्यालयहरु बन्द हुने क्रम बढेको छ । देशको यो स्थिति आउनुमा राष्ट्रपति राजापाक्षे दोषी रहेको भन्दै प्रदर्शनकारीले पाँच महिनादेखि राजीनामा माग गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *