विदेश

मस्कोमाथिको प्रतिबन्ध आर्थिक युद्ध घोषणा भएको राष्ट्रपति पुटिनको टिप्पणी

हिमालय टिभी
२०७९ असार २५ गते ७:४९
मस्कोमाथिको प्रतिबन्ध आर्थिक युद्ध घोषणा भएको राष्ट्रपति पुटिनको टिप्पणी

२५ असार २०७९ मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमाथि लगाइएका प्रतिबन्ध आर्थिक युद्ध घोषणा भएको बताएका छन् ।

रूसको तेल र ग्यास उद्योगीहरूलाई सम्बोधन गर्दै पुटिनले रूसी ऊर्जामा निर्भरता घटाउने पश्चिमी आह्वानले तेल र ग्याँसको विश्वव्यापी बजार तताएको बताए ।

क्रेमलिन सम्झौताको पक्षमा नभएको सङ्केत गर्दै राष्ट्रपति पुटिनले पश्चिमाको प्रतिबन्धको असर विश्वभर ऊर्जा मूल्यमा पर्ने बताएका हुन् । रूसी ऊर्जामा निर्भरता घटाउने पश्चिमी आह्वानले तेल र ग्याँसको विश्वव्यापी बजारलाई तताएको पुटिनको भनाइ थियो ।

प्रतिबन्ध अझै विनाशकारी हुने पुटिनको चेतावनी थियो । रुस अहिले सन् १९९१ सोभियत संघको पतनपछिको सबैभन्दा ठूलो आर्थिक चुनौतीको सामना गरिरहेको छ ।

रुसले फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि अमेरिकालगायतका पश्चिमा मुलुकले कडा प्रतिबन्ध लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *