विदेश

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार, आबेको अवस्था गम्भीर

२०७९ असार २४ गते १०:०८
जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार, आबेको अवस्था गम्भीर

२४ असार २०७९ टोक्यो । जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। उनको अवस्था निकै गम्भीर भएको बताइएको छ।

नारा सहरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएका बेला आबेमाथि गोली प्रहार भएको बताइएको छ । जापानको समाचारसंस्था एनएचकेका अनुसार भाषण गरिरहेका शिन्जो आबेलाई पछाडिबाट गोली हानिएको थियो।

गोली लागेपछि उनी ढलेका थिए। उनको शरीर रक्ताम्मे देखिएको थियो। समाचार विवरणहरूका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जापानमा हाते बन्दुक प्रतिबन्धित छ। जापानमा यस प्रकारको घटना एकदमै दुर्लभ मानिन्छ।

टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबे ‘मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा’ भएको बताएका छन्।

शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन्। स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा पदत्याग गरेका थिए।

प्रतिक्रिया

One thought on “जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार, आबेको अवस्था गम्भीर

  1. वास्तवमा उनले पदमा छदा के कति कमि कमजोरी गरेका थिए,जनता ले मुल्यांकन गरिरहे
    र अन्तमा परिणामस्वरूप उनलाई यो किसिमको कारबाही गरेको हुनुपर्छ ।जेहाेस समस्या काे समाधान हत्या र हिंसा हैन,टेबुल टक,छलफल र अन्त्यमा निस्केको निचोड नेेै स्थाइ हुन्छ ।अाबेकाे सिग्रस्वास्थलाभकाे कामना गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *