विदेश

स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्यु

हिमालय टिभी
२०७९ असार २१ गते ७:२३
स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्यु

२१ असार २०७९ शिकागो । अमेरिकाको शिकागो शहरमा स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ।

इलिनोइसको हाइल्याण्ड पार्कमा भएको कम्तिमा ३१ जना घाइते भएका छन्। पांच जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएका प्रहरीले जनाएको छ ।

परेड शुरु भएको केही समय पछि परेड मार्गमा अन्धाधुन्ध गोली चलाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । बन्दुकधारीले घरको छतबाट गोली हानेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले २२ वर्षीय रोबर्ट ई क्रिमोलाई पक्राउ गरेको छ । सन् १७७६ को जुलाई ४ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको दिनको अबसरमा अमेरिकाभर राष्ट्रिय विदा दिइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *