विदेश

कोपनहेगनमा बन्दुकधारीको आक्रमणमा कम्तिमा तीन जनाको मृत्यु

हिमालय टिभी
२०७९ असार २० गते ८:२३
कोपनहेगनमा बन्दुकधारीको आक्रमणमा कम्तिमा तीन जनाको मृत्यु

२० असार २०७९ डेनमार्क । डेनमार्कको राजधानी कोपनहेगनस्थित शपिङ मलमा बन्दुकधारीको आक्रमणमा परेर कम्तिमा तीन जनाको मृत्यु भएको छ ।

धेरै जना घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गंभीर रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंका प्रहरीले २२ वर्षीय डेनिस युवालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

पक्राउ परेका व्यक्तिसँग राइफल र विष्फोटक पदार्थसमेत रहेको प्रहरीले जनाको छ । घटना आतंककारी आक्रमण होइन भन्ने अवस्था नरहेको कोपनहेगनका प्रहरी प्रमुखले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *