विदेश

रुसी आक्रमणमा २० बढी युक्रेनी नागरिकको मृत्यु

हिमालय टिभी
२०७९ असार १८ गते ७:५०
रुसी आक्रमणमा २० बढी युक्रेनी नागरिकको मृत्यु

१८ असार २०७९ युक्रेन । युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा रुसी क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित कम्तिमा २० जनाको मृत्यु छ ।

६ बालबालिकासहित ३८ जना घाइते भएका छन् । सबै पीडित सेर्हियेभ्का गाउँस्थित क्षेप्यास्त्र प्रहार भएको नौ तले भवनमा रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

सोही गाउँस्थित छुट्टी मनाउन जानेहरूले प्रयोग गर्ने एउटा रिजोर्टमा भएको अर्को आक्रमणमा एक बालकसहित कम्तिमा दुई जनाको मृत्यु भएको छ। रुसले केही दिनयता युक्रेनी शहरहरूमा दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको छ।

क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले भने रुसले सर्वसाधारण लक्षित आक्रमण नगरेको दाबी दोहोर्‍याएका छन्। यता ब्ल्याक सीमा रुसी लडाकु विमानबाट तीनवटा क्षेप्यास्त्र प्रहार भएको युक्रेनी अधिकारीहरुले बताएका छन् ।

रणनीतिक महत्त्वको स्नेक आइल्यान्डबाट बिहीवार रुसी सेनाको फिर्तीले ब्ल्याक सी बन्दरगाह ओडेसा र त्यस क्षेत्रमा खतरा कम हुने युक्रेनको आशा थियो ।

रुसले युक्रेनी अन्न निर्यात सहज गर्न उक्त टापु छाडेको बताएको थियो । तर आफ्नो अन्न भण्डारमा रुसी आक्रमण जारी रहेको युक्रेनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *