विदेश
स्नेक टापुबाट रुसी सेना भगाएको युक्रेनको दाबी
२०७९ असार १७ गते ७:४२

१७ असार २०७९ युक्रेन । स्नेक टापुबाट रुसी सेना भगाएको युक्रेनले दाबी गरेको छ ।
युक्रेन–रुस युद्धमा रणनीतिक हिसाबमा महत्त्वपूर्ण मानिएको स्नेक टापुबाट रुसी फौज पछाडि हटेको हो । युक्रेनले आफ्नो आक्रमणका कारण रुसी सेना पछि हटेको दाबी गरेको छ।
रुसले भने कृषि उत्पादन ढुवानी गर्न मानवीय मार्ग प्रदान गर्न त्यहाँबाट हटेको बताएको छ। युक्रेनको किनारबाट ४० किलोमिटरको दूरीमा रहेको सो टापु एक वर्ग किलोमिटरभन्दा पनि सानो छ ।
युद्धको शुरुमै रुसी पानी जहाजविरुद्ध त्यहाँस्थित युक्रेनी सैनिकले लडेका कारण चर्चित बनेको टापु अहिले युक्रेनी नियन्त्रणमा आउनुलाई युद्धको महत्त्वपूर्ण कडीको रूपमा हेरिएको छ ।
प्रतिक्रिया