विदेश
बेलायतले हङकङ शहर चीनलाई सुम्पेको २५ वर्ष पूरा
२०७९ असार १७ गते ७:३८

१७ असार २०७९ हङकङ । बेलायतले हङकङ शहर चीनलाई सुम्पेको २५ वर्ष पुगेको छ ।
हङकङको २५औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । वार्षिकोत्सवको विशेष कार्यक्रमलाई सम्बोधन गर्न राष्ट्रपति सी जिनपिङ हङकङ पुगेका छन् ।
राष्ट्रपति जिनपिङले सन् २०२० को जनवरी महिनापछि पहिलो पटक मुख्य भूमि चीन बाहिरको यात्रा गरेका छन् । यसअघि उनी सन् २०१७ मा हस्तान्तरणको २० औं वार्षिकोत्सवको अवसरमा हङकङ पुगेका थिए ।
उनी हिजो हाई स्पीड ट्रेनबाट हङकङ पुगेका थिए। उनलाई निवर्तमान प्रमुख कार्यकारी क्यारी लामले स्वागत गरेकी थिइन् ।
प्रतिक्रिया