भारतको महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले दिए राजीनामा
१६ असार २०७९ मुम्बई । भारतको महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् ।
शिवसेना प्रमुख समेत रहेका ठाकरेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएको केही समयपछि सामाजिक सञ्जालमार्फत उनले राजीनामाको घोषणा गरे ।
आफ्ना कार्यकर्ताको रगत बगेको नचाहेको र पद छोड्दा दुख नलागेको उनको जिकिर छ । उनले पार्टीको विधान परिषद्को सदस्यता त्याग्ने घोषणा पनि गरे ।
यसअघि राति ९ बजे सर्वोच्च अदालतले बहुमत परीक्षणविरुद्ध उनले दायर गरेको अपिल खारेज गरेको थियो । महाराष्ट्रका गभर्नरले आज बिहानसम्म बहुमत परीक्षणका लागि विधानसभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।
अब महाराष्ट्रमा भारतीय जनता पार्टीका नेता देवेन्द्र फडणवीस मुख्यमन्त्री बन्ने भारतीय सञ्चार सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया