विदेश
कोरोना महामारी समाप्त नभएको डब्लुएचओको चेतावनी
२०७९ असार १६ गते ७:३२
१६ असार २०७९ न्युयोर्क । विश्व स्वास्थ्य संगठनले कोभिड–नाइन्टिन महामारी समाप्त नभएको बताएको छ ।
कोभिड महामारीको स्वरुप परिवर्तन भइरहेको डब्लूएचओको भनाइ छ। डब्लूएचओले ११० राष्ट्रमा कोभिड संक्रमण बढिरहेको भन्दै चेतावनी पनि दिएको छ।
रिपोर्टिङ र जिनोमिक अनुक्रमहरू घट्दै गएका कारण कोरोना भाइरस पत्ता लगाउने क्षमता खतरामा रहेको डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले बताए ।
यसको असरले ओमिक्रोन भेरिएन्टलाई ट्र्याक गर्न र भविष्यमा देखापर्ने भेरिएन्टहरूको विश्लेषण गर्न गाह्रो भइरहेको उनको दाबी छ ।
प्रतिक्रिया