विदेश

चीनद्वारा ताइवानको वायु रक्षा क्षेत्रमा लडाकु विमान परिचालन

हिमालय टिभी
२०७९ असार १३ गते ९:११
चीनद्वारा ताइवानको वायु रक्षा क्षेत्रमा लडाकु विमान परिचालन

१३ असार २०७९ बेइजिङ । चीनले ताइवानको वायु रक्षा क्षेत्रमा २९ वटा लडाकु विमान पठाएको छ।

ती विमानहरू मध्ये १७ वटा लडाकु विमान,६ बमवर्षक र अन्य सहयोगी विमानसहितका लडाकु विमान दक्षिणपश्चिम क्षेत्रबाट ताइवान वायुरक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका छन् ।

यसअघि शुक्रबार अमेरिकी नौसेना पी–८ ए पोसेइडोन टोही विमान ताइवान स्ट्रेटमाथि उडेको थियो। ताइवान स्ट्रेटमा अमेरिकी निगरानी विमानको उडान ‘स्वतन्त्र र खुला इन्डो प्यासिफिकको लागि अमेरिकाको प्रतिबद्धताको प्रदर्शनको रूपमा बुझ्ने गरिन्छ।

ताइवानको विषयमा चीनले पछिल्लो समय सुरक्षा व्यवस्थालाई कडा पार्ने प्रयास गरिरहेको छ भने अमेरिकाले पनि यस विषयलाई अत्यन्तै महत्त्वपूर्ण रणनीतिक चासोका साथ अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *