विदेश

बलात्कारका घटना बढेपछि आपतकाल घोषणा

हिमालय टिभी
२०७९ असार ९ गते ९:३४
बलात्कारका घटना बढेपछि आपतकाल घोषणा

९ असार २०७९ इस्लामावाद । पाकिस्तानको पञ्जाब प्रान्तमा बलात्कारको घटना बढ्न थालेपछि आतपकालको घोषणा गरिएको छ ।

महिला र बालबालिकामाथि हुने यौन शोषणका घटना वृद्धि हुन थालेपछि पाकिस्तान सरकारले पञ्जाब प्रान्तमा अनिश्चितकालका लागि आपतकाल घोषणा गरेको हो ।

विश्वमै पहिलो पटक कुनै मुलुकमा बलात्कार घटना वृद्धि भएर आपतकाल घोषणा गरिएको हो । पञ्जाबका गृहमन्त्री अत्ता तरारले यस्ता घटनामा वृद्धि हुनु समाज र सरकारी अधिकारीका लागि गम्भीर समस्या भएको बताउनुभयोे ।

पञ्जाब प्रान्तमा दैनिक चारदेखि पाँच वटा बलात्कारका घटनाहरू सार्वजनिक भइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *