विदेश

विनाशकारी भूकम्पपछि अफगानिस्तानद्वारा सहयोगका लागि आव्हान

हिमालय टिभी
२०७९ असार ९ गते ८:०१
विनाशकारी भूकम्पपछि अफगानिस्तानद्वारा सहयोगका लागि आव्हान

९ असार २०७९ काबुल । अफगानिस्तानमा विनाशकारी भूकम्पपछि तालिबानले अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेको छ ।

६ दशमलव १ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि सरकारले अन्तर्राष्ट्रिय सहयोगको आग्रह गरेको काबुलस्थित युनिसेफ कार्यालयले जनाएको छ ।

सरकार विभिन्न देशको प्रतिबन्धमा रहेका कारण जनतालाई आर्थिकरुपमा आवश्यक सहयोग गर्न असमर्थ रहेको तालिबानका एक वरिष्ठ अधिकारी अब्दुल काहर बल्खीको भनाइ छ ।

अन्तर्राष्ट्रिय राहत संस्थाहरुले सहयोग गरिरहेको त्यस्तै छिमेकी, क्षेत्रीय र विश्वका विभिन्न देशले सहयोग प्रस्ताव गरेको भन्दै उनले त्यसको प्रशंसा र स्वागत गरेको बताए ।

भूकम्पमा परि अहिलेसम्म एक हजार भन्दा बढीको मृत्यु भैसकेको छ भने पन्ध्र सयभन्दा बढी घाइते भएका छन् । लगातारको वर्षा उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।

भूकम्पका कारण दक्षिण पूर्वको पक्तिका राज्य सबैभन्दा बढी प्रभावित भएको छ । संयुक्त राष्ट्रले आपतकालीन आश्रय र खाद्यान्न सहायता प्रदान गर्ने तयारी गरेको छ ।

खोस्त शहरभन्दा झण्डै ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर हिजो एकाविहानै गएको भूकम्पको धक्का पाकिस्तान र भारतसम्म पनि महसुस गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *