विदेश

इजरायलमा संसद विघटन गर्ने सहमति

हिमालय टिभी
२०७९ असार ७ गते ७:३०
इजरायलमा संसद विघटन गर्ने सहमति

७ असार २०७९ इजरायल । इजरायलमा संसद विघटन गर्न गठबन्धनमा सहमति भएको छ ।

आठ दलीय गठबन्धनमा संसद भंग गर्ने सहमति भएपछि मुलुक नयाँ निर्वाचनतर्फ डोहोरिएको हो । योसंगै पछिल्लो चार वर्षमा पांचौ आमनिर्वाचन हुनेछ । संसद विघटन गर्ने प्रस्तावमा अर्को हप्ता मतदानमा हुनेछ।

प्रस्ताव पास भए वर्तमान प्रधानमन्त्री नफ्ताली बेनेटको स्थानमा मध्यवर्ती पार्टी यायर लेपिडलाई अन्तरिम प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ । अक्टोबरको अन्त्यमा चुनाव हुन सक्ने बताइएको छ ।

बेनेटको आफ्नै दक्षिणपन्थी यामिना पार्टीका एक सदस्यले गठबन्धन छोडेपछिउनको सरकार अल्पमतमा परेको हो । बेनेट र लेपिडले गत जुनमा बनाएको गठबन्धन पछि बेन्जामिन नेतान्याहु सत्ताबाट बाहिरिएका थिए ।

गठबन्धन टिक्ने विषयमा शुरुमा विभिन्न आशंका व्यक्त गरिएको थियो । भ्रष्टाचारको मुद्धा खेपिरहेका पूर्व प्रधानमन्त्री तथा वर्तमान विपक्षी नेता बेन्जामिन नेतान्याहुले लिकुड पार्टीको नेतृत्वमा फराकिलो राष्ट्रिय सरकार बनाउने बताएका छन। विभिन्न सर्वेक्षण नेतात्याहुको गठबन्धनले धेरै सिट जित्ने देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *