विदेश
कोलम्बियाको राष्ट्रपतिमा कम्युनिष्ट नेता गुस्ताभो पेर्तो निर्वाचित
२०७९ असार ६ गते ८:०५

५ असार २०७९ काठमाडौं । कोलम्बियामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा कम्युनिष्ट नेता गुस्ताभो पेर्तो निर्वाचित भएका छन् ।
पूर्व विद्रोही लडाकु र बोगोटा शहरका मेयर समेत रहेका पेर्तोले दोस्रो चरणको निर्वाचनमा रोडोल्फ हर्नान्डेजलाई पराजित गरेका हुन् ।
६२ वर्षिय पेर्तो कोलम्बियामा राष्ट्रपति बन्ने पहिलो कम्युनिष्ट नेता बनेका छन् । उनले सन् २०१६ को शान्ति सम्झौता पूर्ण कार्यान्वयन गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।
शान्ति सम्झौता पछि सरकार र कम्युनिष्ट गुरिल्ला समूहबीचको ५० वर्षे लामो संघर्ष अन्त्य भएको थियो ।
यस्तै फ्रान्सिया माक्र्योज कोलम्बियाको पहिलो अश्वेत उपराष्ट्रपति बनेकी छन् ।
प्रतिक्रिया