विदेश

मस्कोमाथि पश्चिमा मुलुकले लगाएको प्रतिबन्ध बहुलट्ठी र विचारविहीन भएको पुटिनको प्रतिक्रिया

हिमालय टिभी
२०७९ असार ४ गते ८:४८
मस्कोमाथि पश्चिमा मुलुकले लगाएको प्रतिबन्ध बहुलट्ठी र विचारविहीन भएको पुटिनको प्रतिक्रिया

४ असार २०७९ मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमाथि पश्चिमा मुलुकले लगाएको प्रतिबन्धलाई बहुलठ्ठी र विचारहीन भनेका छन् ।

सेन्ट पिटर्सबर्गमा बोल्दै उनले रुसविरुद्धको आर्थिक प्रतिबन्ध शुरुदेखि नै सफल हुने कुनै सम्भावना थिएन, भनेका छन । युक्रेन आक्रमणलगत्तै पश्चिमा मुलुकहरुले लगाएको प्रतिबन्ध उनीहरूकै लागि अधिक हानिकारक रहेको पुटिनको भनाइ थियो ।

पश्चिमा राष्ट्रहरूले रुसलाई सजाय दिने र आफ्नो अर्थतन्त्रको रक्षा गर्ने गरी सन्तुलन कायम गर्न खोजिरहेका छन्। तर राष्ट्रपति पुटिनले प्रतिबन्धका कारण यूरोपियन युनियनले ४ सय विलियन डलर भन्दा बढी गुमाउन सक्ने दाबी गरे।

उनले ईयूका सदस्य राष्ट्रमा मुद्रास्फीति बढ्दै गएको र युरोपमा जनताको वास्तविक चासोलाई बेवास्ता गरिएको टिप्पणी गरेका छन् ।

यता रुसको केन्द्रीय बैंकका गभर्नर एल्भिरा नाबिउलिनाले भने प्रतिबन्धबाट रुसी अर्थतन्त्रले गम्भीर क्षति बेहोरेको बताएकी छन् ।

यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग किभमा वार्ता गरेका छन । वार्ताका क्रममा उनले युद्धको समीकरण परिवर्तन गर्न सक्ने सैन्य प्रशिक्षण कार्यक्रमको प्रस्ताव गरेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *