विदेश

उत्तरी बुर्किना फासोमा सशस्त्र समूहद्वारा कम्तिमा ५० जनाको हत्या

हिमालय टिभी
२०७९ जेठ ३१ गते ९:०२
उत्तरी बुर्किना फासोमा सशस्त्र समूहद्वारा कम्तिमा ५० जनाको हत्या

३१ जेठ २०७९ बुर्किना फासो । बुर्किना फासोको उत्तरी क्षेत्रस्थित एक गाउँमा सशस्त्र समूहले गरेको आक्रमणमा कम्तिमा ५० जनाको मृत्यु भएको छ ।

आक्रमणकारीहरुले सेनो प्रान्तको सेतेंगा कम्युनमा रातभर आक्रमण गरेको सरकारी अधिकारीहरुले जनाएका छन् । तर स्थानीय अधिकारीहरुले भने डेढ सय भन्दा बढीको मृत्यु भएको बताएका छन् ।

सेतेंगा गत साता विद्रोही र सरकारी सेनाबीच रक्तपातपूर्ण भिडन्त भएको ठाउँ हो । सेनाले गरेको कारवाहीको जवाफमा सेतेंगामा विद्रोही लडाकुले आक्रमण गरेको अनुमान गरिएको छ ।

आक्रमण पछि पलायन भएका ३ हजार भन्दा बढी मानिसलाई छिमेकी शहरमा राखिएको छ ।

बुर्किना फासोमा गत जनवरीमा सैन्य विद्रोह पछिको यो सबैभन्दा ठूलो रक्तपातपूर्ण घटना भएको सेनाले जनाएको छ । बुर्किना फासो अहिले सात वर्ष पुरानो सशस्त्र विद्रोहको चपेटामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *