रुससँग इन्धन खरिद गर्न बाध्य हुने आर्थिक संकटमा फसेको श्रीलंकाको प्रतिक्रिया
३० जेठ २०७९ कोलम्बो । आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले रूससँग इन्धन खरिद गर्न आफू बाध्य हुनसक्ने जनाएको छ।
प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने आफ्नो प्रयत्न हुने जनाउँदै रूसी तेल खरिद गर्न आफू खुला रहेको बताएका हुन्।
युक्रेन आक्रमणको विरोधमा पश्चिमा राष्ट्रले रुसमाथि कडा प्रतिबन्ध लगाएर ऊर्जा आयात बन्द गरेका बेला उनले रूसी तेल किन्न आफू खुला रहेको बताएका हुन्।
बाह्य ऋण बढिरहेको भए पनि श्रीलंकाली प्रधानमन्त्री विक्रमसिङ्घेले चीनबाट थप आर्थिक सहयोग प्राप्त गर्न आफू इच्छुक रहेको बताए।
उनले श्रीलंकालाई युक्रेन युद्धले अझ प्रभावित पारेको बताउँदै आफ्नो देशले आगामी दुई वर्षसम्म गम्भीर खाद्यान्न अभाव झेल्नुपर्ने सम्भावित परिस्थितिप्रति चिन्ता व्यक्त गरे।
विदेशी मुद्रा सञ्चिति लगभग रित्तिएको श्रीलंकालाई आर्थिक संकटबाट पार लगाउन राष्ट्रपति गोटावाया राजपाक्षले प्रधानमन्त्री नियुक्त गरेका विक्रमसिङ्घे अर्थमन्त्री पनि हुन्।
प्रतिक्रिया