खेलकूद

एएफसी एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार, प्रशिक्षक मैदानमै ढले

हिमालय टिभी
२०७९ जेठ २९ गते ८:०८
एएफसी एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार, प्रशिक्षक मैदानमै ढले

२९ जेठ २०७९ काठमाडौं । एएफसी एसियन कप छनोट फूटबलमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ ले पराजित भएको हो । जबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा घरेलु टोली कुवेतले २८औं मिनेटमा फहाद हम्मौद अल रशिदीको गोलसँगै अग्रता लिएको थियो । ४८ औं मिनेटमा युसेफ नासेरले कुवेतको अग्रता दोब्बर पारे ।

कुवेतले दोस्रो गोल गरे लगत्तै नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी टेक्निकल एरियामा ढलेका थिए । उनलाई मैदानमा प्राथमिक उपचारपछि अस्पताल भर्ना गरिएको छ। उनलाई अक्सिजन दिएर लगिएको थियो।

उनको अवस्था अहिले सामान्य रहेको अखिल नेपाल फूटबल संघले जनाएको छ । नवयुग श्रेष्ठले ५७औं मिनेटमा गोल गर्ने अवसर खेर फालेका थिए । ​७०औं मिनेटमा कुवेतका नासेरले व्यक्तिगत दोस्रो गोल थपे । त्यसको तीन मिनेट नबित्दै मोबारेक अल फनिनिले गोल गरेपछि कुवेतले खेलमा ४(० को अग्रता बनायो ।

नेपालका लागि इञ्जुरी समयमा बैकल्पिक खेलाडी दर्शन गुरुङले गोल गरेका थिए । लगातार दोस्रो हारसँगै नेपालको छनोट हुने सम्भावना सकिएको छ । समूह ए मा २ खेल खेलेको नेपाल अंकविहीन छ ।

नेपाल पहिलो खेलमा जोर्डनसँग २० ले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेल मंगलबार राति इण्डोनेसियासँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्