विदेश

रुसले बाँड्न थाल्यो युक्रेनको खेर्सन र मेलिटोपोलबासीलाई रुसी राहदानी

हिमालय टिभी
२०७९ जेठ २९ गते ७:४७
रुसले बाँड्न थाल्यो युक्रेनको खेर्सन र मेलिटोपोलबासीलाई रुसी राहदानी

२९ जेठ २०७९ युक्रेन । रुसले युक्रेनको दक्षिणी शहर खेर्सन र मेलिटोपोलका बासिन्दालाई रूसी राहदानी दिन थालेको छ।

युक्रेनले आफ्नो भूभागमा रुसी नागरिक बनाउने कार्यलाई रुसीकरण भन्दै निन्दा गरेको छ। रूसको टास समाचार एजेन्सीले खेर्सनका २३ जना बासिन्दाले रूसी राहदानी पाएको र राहदानीका लागि हजारौंले आवेदन दिएको दाबी गरेको छ ।

खेर्सनमा रुसले नियुक्त गरेका सैन्य गभर्नर भोलोडिमिर साल्डोले सबै खेर्सनबासीले सकेसम्म चाँडो राहदानी र रूसीे नागरिकता प्राप्त गर्न चाहेको जिकिर गरेका छन् ।

युक्रेनले यसलाई आफ्नो क्षेत्रीय अखण्डताको स्पष्ट उल्लङ्घन भएको भन्दै राष्ट्रपति भ्लादिमिर पुटिनको आदेश कानूनी रूपमा अमान्य भएको बताएको छ।

रुसी सेनाले आफुले सन् २०१४ देखि कब्जा गरेको युक्रेनको क्राइमिया र डोनबास क्षेत्रमा पनि राहदानी वितरणको नीति अपनाएको थियो । पछि रुसले क्राइमिया आफुमा विलय गरायो भने डोनेस्क र लुहान्स्कलाई जनगणतन्त्र घोषणा गर्यो ।

रूसी सेनाले कब्जा गरेका धेरै क्षेत्रमा अहिले यस्तै प्रक्रिया चलिरहेको युक्रेनले जनाएको छ । एक पटक स्थानीयहरू रूसी भएपछि क्रेमलिनले उनीहरुको सुरक्षा आफ्नो भएको दाबी गर्न सक्छ ।

डोनेस्क र लुहान्स्कमा रुसले आफ्नो मुद्रा रुबेल र विद्यालयमा रुसी पाठ्यक्रम अपनाउन बाध्य पारेको जनाइएको छ । किभले नियुक्त गरेका स्थानीय अधिकारीहरुलाई हटाएर आफ्नो पक्षका मानिस नियुक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *