विदेश

रुसविरुद्ध युक्रेनमा युद्ध लडेका दुई जना बेलायती र एक जना मोरक्कोका नागरिकलाई मृत्युदण्ड

हिमालय टिभी
२०७९ जेठ २७ गते ९:२५
रुसविरुद्ध युक्रेनमा युद्ध लडेका दुई जना बेलायती र एक जना मोरक्कोका नागरिकलाई मृत्युदण्ड

२७ जेठ २०७८९ युक्रेन । रुसविरुद्ध युक्रेनमा युद्ध लडेका दुई जना बेलायती र मोरक्कोका एक जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

युक्रेनको पक्षमा युद्ध लड्दा पक्राउ परेका दुई जना बेलायती र एक जना मोरक्कोका नागरिकलाई रुस समर्थित भनिएको पूर्वी युक्रेनको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

बेलायतका ४८ वर्षीय शॉन पिनर र २८ वर्षका एडेन एसलिन तथा मोरक्कोका ब्राहिम साउडुनलाई मृत्युदण्ड दिइएको रुसी सरकारी समाचार संस्था आरआइएएनले जनाएको छ।

युक्रेनको तर्फबाट युद्ध लडिरहेका बेला उनीहरू रुसी कब्जामा परेका थिए । अन्तर्राष्ट्रिय मान्यता नपाएको उक्त स्वघोषित अदालतका अध्यक्षले दोषीले एक महिनाभित्र पुनरावेदन गर्न सक्ने बताएका छन् ।

बेलायतले आफ्ना नागरिकलाई दिइएको मृत्युदण्डप्रति गहिरो चासो व्यक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । विदेशमन्त्री लीज ट्रसले उक्त फैसलालाई कुनै वैधता नभएको बनावटी निर्णय भएको बताएकी छन् ।

रुसले उक्त पृथकतावादी क्षेत्र र लुहान्स्क गणराज्यलाई फ्रेबुअरीमा युक्रेनमा हमला शुरू गर्नुअघि मान्यता दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *