विदेश

बेलायती प्रधानमन्त्री जोनसनले पाए संसदमा विश्वासको मत

हिमालय टिभी
२०७९ जेठ २४ गते ७:५४
बेलायती प्रधानमन्त्री जोनसनले पाए संसदमा विश्वासको मत

२४ जेठ २०७९ लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले संसदमा विश्वासको मत पाएका छन् ।

प्रधानमन्त्री जोनसनले आफ्नो नेतृत्वविरुद्धको विद्रोहको बाबजुद विश्वासको मतमा टोरी सांसदहरूको बहुमतको समर्थन जितेका हुन् । जोनसनले ५९ प्रतिशत भोट पाए जसको अर्थ उनी अब एक वर्षका लागि कन्जरभेटिभ नेतृत्वको चुनौतीबाट मुक्त हुनेछन् ।

कूल २११ टोरी सांसदले प्रधानमन्त्रीको नेतृत्वप्रति विश्वासको मत दिए भने १४८ जनाले विपक्षमा मतदान गरे । जोनसनले आफ्नो विश्वासको मत पाउनुलाई निर्णायक भनेका छन् ।

जोनसनको कन्जरभेटिभ पार्टीका ५४ सांसदले माग गरेपछि उनले विश्वासको मत लिएका हुन् ।

विश्वासको मत जितेपछि उनी प्रधानमन्त्री रहिरहनेछन् तर उनका आलोचकले आफ्नै पार्टीका सांसदको विद्रोहले उनको अधिकार कमजोर भएको बताउँदै उनलाई राजीनामा गर्न आह्वान गरेका छन् ।

जोनसनलाई प्रधानमन्त्रीबाट हटाउन कन्जरभेटिभ पार्टीका १८० सांसदहरू मध्ये बहुमतले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्नुपर्ने थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *