विदेश
विष्फोटमा परेर बंगलादेशमा पाँच जनाको मृत्यु
२०७९ जेठ २२ गते ८:१५
२२ जेठ २०७९ ढाका । बंगलादेशको दक्षिण पूर्वी शहर सिताकुन्दास्थित एक डिपोमा विष्फोट हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ ।
दर्जनौं घाइते भएका छन् । घाइते २० जनाको अबस्था गम्भीर छ । डिपोमा रहेको कन्टेनरमा लागेको आगो निभाउन अग्नि नियन्त्रकलाई बोलाउँदै गर्दा ठूलो विष्फोट भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
विष्फोटबाट नजिककै घरहरुमा समेत व्यापक क्षति पुगेकोे छ । केही कन्टेनरमा रासायन भण्डारण गरिएको विश्वास गरिएको छ ।
विष्फोटको कारण खुल्न सकेको छैन । डिपोमा ६ सय जना कामदार रहेको जनाइएको छ ।
प्रतिक्रिया