विदेश

अफ्रिकी मुलुकहरुमा देखिन थाल्यो रुस–युक्रेन युद्धको यस्तो असर

हिमालय टिभी
२०७९ जेठ २१ गते ७:४३
अफ्रिकी मुलुकहरुमा देखिन थाल्यो रुस–युक्रेन युद्धको यस्तो असर

२१ जेठ २०७९ मस्को । रुस–युक्रेन युद्धको असर अफ्रिकी मुलुकहरुमा देखिन थालेको छ ।

विभिन्न मुलुकहरुमा मूल्यवृद्धि चर्किएको छ भने खाद्यान्न अभाव चुलिएको छ । चाडले राष्ट्रिय खाद्यान्न संकट घोषणा गरिसकेको छ । युक्रेन युद्धबाट अनाहकमा अफ्रिकी मुलुक प्रभावित बनेको भन्दै अफ्रिकी मुलुकहरुले युद्धरत पक्षसँग सहयोग माग गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा अफ्रिकी युनियनका प्रमुख एवं सेनेगलका राष्ट्रपति म्याक्सी सलले रुस र युक्रेनले युद्धका कारण अफ्रिकी मुलुक अनाहकमा प्रभावित बन्नु परेको बताए ।

उनले खाद्यान्न आपूर्तिमा सहयोग गर्न पुटिनसँग आग्रहसमेत गरेका छन् । रुसी राष्ट्रपति पुटिनले खाद्यान्न र मल आपूर्ति सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफ्नो सहयोगी बेलारुसमाथिको प्रतिबन्ध हटाउनु उत्तम उपाय भएको बताउंदै त्यहाँबाट पनि गहुँ निर्यात गर्न सकिने उनको भनाइ थियो ।

अफ्रिकामा खपत हुने ४० प्रतिशत गहुँ रुस र युक्रेनबाट निर्यात हुने गर्दछ । तर युद्धका कारण युक्रेनको ब्ल्याक सीमा रहेको बन्दरगाह बन्द छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *