विदेश

भारतका चर्चित गायक केकेको निधन, प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

हिमालय टिभी
२०७९ जेठ १८ गते १३:०९
भारतका चर्चित गायक केकेको निधन, प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

१८ जेठ २०७९ नयाँ दिल्ली । भारतका चर्चित गायक कृष्णकुमार कुन्नथ केकेको गएराति निधन भएको छ ।

कोलकाताको गुरुदास कलेजको कार्यक्रमका क्रममा बिरामी भएका उनी होटल पुगेपछि ढलेका थिए । लगत्तै अस्पताल लगिए पनि उनलाई मृत घोषित गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केकेको निधन हृदयघातबाट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । उनी ५३ वर्षका थिए।

सन् १९९६ बाट गायन करिअर शुरु गरेका केकेले हिन्दी, तमिल, तेलुगु, कन्नड, मराठी, बांग्ला र गुजराती चलचित्रमा थुप्रै चर्चित गीत गाएका छन्। केकेका श्रीमती, एक छोरा र एक छोरी छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केकेको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनका गीतमा सबै उमेर समूहका मानिस जोडिने गरेको बताउँदै मोदीले गीतमार्फत केके सबैको हृदयमा बस्ने भन्दै ट्वीट गरेका छन् । राष्ट्रपति रामनाथ कोविन्दले पनि उनको निधनमा शोक व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *