विदेश

युक्रेनसँग प्रत्यक्ष वार्तामा बस्न रुसी राष्ट्रपति पुटिनलाई आग्रह

हिमालय टिभी
२०७९ जेठ १५ गते ७:४०
युक्रेनसँग प्रत्यक्ष वार्तामा बस्न रुसी राष्ट्रपति पुटिनलाई आग्रह

१५ जेठ २०७९ पेरिसं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसंग प्रत्यक्ष वार्तामा बस्न विश्व नेताहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गरेका छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र जर्मन चान्सलर ओलाफ स्कोल्ज्ले तत्काल युद्धविराम गरी युक्रेनबाट रुसी सेना फिर्ता गर्न जोड दिएका हुन् ।

जवाफमा पुटिनले किभसँग वार्ताका लागि मस्को खुला रहेको बताएको क्रेमलिनले उल्लेख गरेको छ । तर पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ताको सम्भावनाबारे भने केही खुलाइएको छैन ।

यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनसँग वार्ता गर्न इच्छुक रहेको बताएका थिए । कुराकानीका क्रममा पुटिनले युक्रेनलाई हतियार नदिन चेतावनी दिएका थिए ।

म्याक्रोँ र स्कोल्ज्ले मारिओपोलबाट नियन्त्रणमा लिइएका युक्रेनका २५ सय लडाकुलाई रिहा गर्न पनि आग्रह गरेका छन् ।

यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनसंग वार्ता गर्न इच्छुक रहेको बताएका थिए । रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेयता दुई मुलुकबीच विभिन्न चरणमा वार्ता भएपनि सफल हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *