श्रीलंकामा चुलिँदै आर्थिक संकट, प्रधानमन्त्रीले दिए राजीनामा
२७ वैशाख २०७९ कोलम्बो । श्रीलंकामा आर्थिक संकटकाबीच प्रधानमन्त्री महिन्दा राजापक्षले राजीनामा दिएका छन् ।
राष्ट्रपति तथा आफ्ना भाइ गोटबाय राजपाक्षलाई पठाइएको पत्रमा ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका छन्।
नयाँ सरकारले खराब आर्थिक सङ्कटबाट बाहिरिन देशलाई निर्देश गर्न सक्ने पत्रमा उल्लेख छ। सरकार विरोधी प्रदर्शनकारी तथा राजपाक्ष दाजुभाइका समर्थकबीच हिंसात्मक झडप भएपछि कर्फ्यु लगाइए लगत्तै राजापाक्षले राजीनामा दिएका हुन्।
झडपमा सत्तारुढ पार्टीका एक जना सांसदसहित दुई जनाको मृत्यु भएको छ । डेढ सय जना घाईते भएका छन् । प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन्। श्रीलकामा महँगी अत्याधिक बढेको छ र विद्युत् आपूर्तिमा कटौती भएको छ।
विदेशी मुद्रा सञ्चिति सङ्कुचित छ । खाद्यान्न,औषधि र इन्धन लगायतका अत्यावश्यक वस्तु किन्न पर्याप्त विदेशी मुद्रा छैन।
प्रतिक्रिया