विदेश

अमेरिकाले लगायो रुसी राष्ट्रपति पुटिनका छोरीसहित प्रभावशाली व्यक्तिहरुमाथि यस्तो प्रतिबन्ध

२०७८ चैत २४ गते ९:१५
अमेरिकाले लगायो रुसी राष्ट्रपति पुटिनका छोरीसहित प्रभावशाली व्यक्तिहरुमाथि यस्तो प्रतिबन्ध

२४ चैत २०७८ न्युयोर्क । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सदस्यहरुसहित प्रभावशाली व्यक्तिहरुमाथि आर्थिक प्रतिबन्ध लगाएको छ ।

अमेरिकी प्रतिबन्धको सूचीमा पुटिनका दुई छोरीसहित विदेशमन्त्री सर्गेई लाभरोभको परिवार र प्रमुख बैंक पनि समावेश छन् ।

प्रधानमन्त्री मिखाइल मिशुस्तिन, पूर्व राष्ट्रपति दिमित्री मेतभेदेव, रुसी विदेशमन्त्री सर्गेइ लाभरोभकी श्रीमती र बच्चाहरु, रुसी सुरक्षा परिषदका सदस्यहरु र रुसी राष्ट्रपति पुटिनका दुई छोरीमाथि प्रतिबन्ध लागेको छ ।

प्रतिबन्धपछि पुटिन परिवारका सदस्यको अमेरिकामा रहेका सम्पत्ति जफत हुनुका साथै त्यहाँ कुनै पनि प्रकारको कारोबार गर्नमा रोक लाग्ने छ । रुसका दुई ठूला बैंक स्परबैंक र अल्फा बैंक पनि प्रतिबन्धमा परेका छन् ।

अब यी बैंकबाट अमेरिकासम्म रकम पुग्ने छैन भने कुनै पनि अमेरिकीले यी बैंकबाट कारोबार गर्न सक्ने छैनन् । युक्रेनको बुचामा रुसी सेनाले गरेको अत्याचार बाहिरिएपछि अमेरिकाले थप प्रतिबन्ध लगाएको हो । उता रुसले बुचामा प्रमाण बिना तस्बिर सार्वजनिक गरेको बताउँदै आएको छ ।

त्यस्तै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा सुनुवाइ गरिनुपर्ने भन्दै रुसलाई राष्ट्रसंघको सुरक्षा परिषद्‌बाट हटाउनुपर्ने माग गरेका छन् ।

युक्रेनमा आक्रमणपछि पहिलो पटक राष्ट्रसंघको सुरक्षा परिषद्‌मा उनले सम्बोधन हुन् । बुचामा युद्ध अपराध गरेको आरोपहरू बाहिर आएपछि युरोपेली संघले पनि थप प्रतिबन्ध घोषणाको तयारी गरेको छ ।

यसैबीच रूसी आक्रमणमा मारियोपोलमा ५०० भन्दा बढी नागरिक मारिएको युक्रेनले बताएको छ । युक्रेनी अधिकारीले रूसले आक्रमण गरेको क्षेत्रमा शव संकलनलाई जारी राखेका छन् । रूसी सेनाले शहरका अधिकांश आवसीय भवनलाई निशाना बनाएर आक्रमण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *