विदेश

रुसले युद्ध अपराध र नरसंहार गरे पनि शान्ति वार्ता जारी रहने राष्ट्रपति जेलेन्स्कीको प्रष्टीकरण

हिमालय टिभी
२०७८ चैत २२ गते ७:५५
रुसले युद्ध अपराध र नरसंहार गरे पनि शान्ति वार्ता जारी रहने राष्ट्रपति जेलेन्स्कीको प्रष्टीकरण

२२ चैत २०७८ युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि युद्ध अपराध र नरसंहारको आरोप लगाए पनि शान्ति वार्ता जारी रहने बताएका छन् ।

राजधानी किभ नजिकैको बुचा शहर पुगेका जेलेन्स्कीले रुससँग शान्ति वार्ता अझै सम्भव रहेको बताएका हुन । युक्रेनमा शान्ति हुनुपर्छ भन्दै जेलेन्स्कीले कूटनीतिक र सैन्य रूपमा प्रयास जारी राख्ने स्पष्ट पारे ।

रुसी सेनाले मानिसहरूलाई जनावरभन्दा पनि खराब व्यवहार गरेको बताउँदै उनले बुचाम कम्तिमा ३ सय मानिसको हत्या भएको बताए ।

बुचाबाट रुसी सेना फिर्ता भएपछि सर्वसाधारणको शव सडकमा छरिएको अवस्थामा फेला परेको थियो। तर रुसले भने प्रमाण बिना नै युक्रेनमाथि अत्याचारको नाटक मञ्चन गरेको आरोप लगाएको छ।

युक्रेनले किभ वरपरका क्षेत्रमा ४१० नागरिकको शव भेटिएको बताएपछि युद्ध अपराध अनुसन्धान शुरु गरेको थियो । त्यहाँ केहीलाई सामूहिक चिहानमा फेला पारिएको थियो भने केहीको हात बाँधिएको थियो ।

केहीलाई नजिकबाट गोली हानिएको थियो । प्रत्यक्षदर्शीहरुले बुचामा रूसी सैनिकहरूले मानवीय कोरिडोरबाट बाहिर निस्कन अस्वीकार गरेपछि भागेका मानिसहरूमाथि गोली चलाएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

यता अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अपराधी भएको दोहोर्‍याएका छन् । उनले वाशिंगटनले युद्ध अपराधको मुद्दा चलाउने पनि जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *