रुसले युक्रेनमा आक्रमण गर्ने सम्भावना कायमै रहेको अमेरिकी दाबी
४ फागुन २०७८ न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा आक्रमण गर्ने सम्भावना कायमै रहेको बताएका छन् ।
टेलिभिजन सम्बोधनका क्रममा बाइडेनले युक्रेनमा रुसी आक्रमणको धेरै सम्भावना रहेको र यसबाट ठूलो मानवीय क्षति हुने बताए। उनले रुसले आक्रमण गरे त्यसको निर्णायक जवाफ दिने समेत बताए ।
रुसी विदेशमन्त्री सर्गेइ ल्याभरोभले युक्रेनको सीमाबाट आफ्ना केही सेना फर्किएको बताए पनि बाइडेनले भने यसलाई पुष्टि गर्न बाँकी रहेको बताए ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको सुरक्षा चिन्तालाई गम्भीरताका साथ सम्बोधन गर्नुपर्ने बताएको केही समयपछि नै अमेरिकी राष्ट्रपतिको यस्तो टिप्पणी आएको हो ।
पुटिनले युक्रेनमा आक्रमणको योजना नरहेको र रुसले युरोपमा अर्को युद्ध नचाहेको बताए । बाइडेनले रुस युक्रेन तनाब समाधानका लागि कूटनीति प्रयास जारी राख्ने रुसको प्रस्तावमा सहमत छन्।
सीमा नजिकै एक लाख भन्दा बढी सेना परिचालन गरेको रुसले पश्चिमा मुलुकले गलत सूचना फैलाएको आरोप लगाएको छ ।
प्रतिक्रिया