विदेश

अफगानिस्तानमा ठुलो संख्यामा नागरिक अति भोकमरीको शिकार

हिमालय टिभी
२०७८ माघ १४ गते ७:४८
अफगानिस्तानमा ठुलो संख्यामा नागरिक अति भोकमरीको शिकार

१४ माघ २०७८ काबुल । अफगानिस्तानमा ठूलो संख्यामा मानिस अति भोकमरीको जोखिममा रहेको एक अध्ययनले देखाएको छ।

नर्वेली शरणार्थी काउन्सिल, एनआरसीद्वारा सार्वजनिक प्रतिवेदनमा दुई करोड ३० लाखभन्दा बढी मानिस भोकमरीको जोखिममा रहेको देखाएको हो ।

त्यहाँ परिवर्तित राजनीतिक अवस्थाका कारण आर्थिक संकट उत्पन्न भएकाले भोकमरीबाट ठूलो मानवीय क्षति हुन नदिनेतर्फ विश्व समुदायले सोच्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

एनआरसीले भोकमरीको खतरामा रहेका नागरिकका लागि सक्दो सहयोग गर्न पनि अनुरोध गरेको छ। तत्कालीन विद्रोही तालिवान समूह अफगानिस्तानको सत्तामा आएसँगै त्यहाँको अवस्था दिन प्रतिदिन खस्कदो क्रममा छ ।

अमेरिका समर्थित सरकारलाई हटाएपछि अमेरिकासहितका धेरै देशले तालिवान सरकारलाई सहयोग गरेका छैनन् । वैदेशिक सहयोग अधिकांश कटौती भएपछि अफगानिस्तानमा अहिले आर्थिक संकट उत्पन्न भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *