पाकिस्तानमा भएको भारी हिमपातका कारण कम्तिमा २१ जनाको मृत्यु
२५ पुस २०७८ इस्लामावाद । पाकिस्तानको उत्तरी क्षेत्रमा भारी हिमपातका कारण सवारी साधनमा फसेका कम्तिमा २१ जना यात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एकै परिवारका आठ जना सदस्य समेत रहेका छन । हिउँ परेको हेर्न पञ्जाब प्रान्तको मुर्री पुगेका हजारौं पर्यटक भारी हिमपातले सडक अवरुद्ध हुंदा बाटोमै फसेका हुन् ।
प्रहरीले करिब १ हजार सवारी साधन अझै सडकमै फसेको र २३ हजार गाडीबाट यात्रुलाई निकालेको जनाएकाले छ । स्थानीय प्रशासनले पछिल्लो चार दिनमा मुर्री र गल्यातमा कम्तिमा एक लाख सवारी साधान पुगेको जनाएको छ ।
सडकमा चार फिटसम्म हिउँ परेको र ठाउँ ठाउँमा दर्जनौं रुख ढलेका छन् । सेनाले उद्धार र सडक खुलाउने प्रयास गरिरहेको छ ।
पञ्जाब सरकारले मुर्रीमा स्नो इमरजेन्सी र आपत प्रभावित क्षेत्र घोषणा गरेको छ । त्यस क्षेत्रमा थप वर्षा र हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
प्रतिक्रिया