विदेश

कोरोना बढेपछि भारतको दिल्लीमा आजदेखि रात्रिकालीन कर्फ्यु आदेश

हिमालय टिभी
२०७८ पुष १२ गते १७:०७
कोरोना बढेपछि भारतको दिल्लीमा आजदेखि रात्रिकालीन कर्फ्यु आदेश

१२ पुस २०७८ दिल्ली । भारतको राजधानी दिल्लीमा आजबाट रात्रिकालीन कर्फ्यु लगाइएको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएपछि यो घोषणा गरिएको हो । दिल्ली सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नजिकिंदो अंग्रेजी नयाँ वर्षको अवसरमा हुने भिडभाडयुक्त कार्यक्रमबाट संक्रमण झन् बढी फैलने भन्दै थप सतर्कताका लागि रात्रिकालीन कर्फ्यु लगाइएको अधिकारीहरुले जनाएका छन् ।

दिल्लीमा पछिल्लो पटक थपिएका २ सय ९० जना सक्रमितको संख्या पछिल्लो छ महिनायताकै उच्च हो । यस्तै एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतभर भने पछिल्लो पटक सात हजारको हाराहारीमा संक्रमित थपिएका छन् । भारतभर चार सयभन्दा बढीमा ओमिक्रोन पुष्टि भएको छ ।

भारतका अरु राज्यमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि रात्रिकालीन निषेधाज्ञा र जमघटमा रोक लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *