विदेश
दक्षिण कोरिया सरकारद्वारा पूर्वराष्ट्रपति हाईलाई आम माफी दिने घोषणा
२०७८ पुष ९ गते १४:०१
९ पुस २०७८ सिउल । दक्षिण कोरिया सरकारले भ्रष्टाचार मुद्दामा २२ वर्ष जेल सजाय काटिरहेकी पूर्वराष्ट्रपति पार्क गेउन हाईलाई माफी दिएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति मून जाय इनले हाईलाई क्षमादान दिएको बीबीसीले जनाएको छ । भ्रष्टाचार काण्डमा दोषी ठहर भएपछि हाइ २२ वर्षको जेल सजाय काटिरहेकी थिइन् ।
उनी महाअभियोग लगाएर हटाइने पहिलो निर्वाचित राष्ट्रपतिसमेत हुन् । उनलाई २०१७ मा महाअभियोग लगाइएको थियो ।
हाईलाई सन् २०१८ मा शक्तिको दुरुपयोग गरेर अनैतिक दबाब दिएको अभियोगमा दोषी ठहर गरिएको थियो । उनीमाथि लगाइएका १८ वटा मुद्दामध्ये १६ वटामा दोषी ठहर भएकी थिइन् ।
अब ति सबै मुद्दा खारेज भएका छन् । यसमध्ये अधिकांश मुद्दा घुसखोरी तथा दबाबसम्बन्धी थिए ।
प्रतिक्रिया