विदेश

कोरोनाविरुद्धको बुष्टर डोज नयाँ भेरिएन्ट ओमिक्रोनविरुद्ध प्रभावकारी

हिमालय टिभी
२०७८ पुष ३ गते ९:५१
कोरोनाविरुद्धको बुष्टर डोज नयाँ भेरिएन्ट ओमिक्रोनविरुद्ध प्रभावकारी

३ पुस २०७८ लण्डन । कोरोना भाइरसविरुद्धको बुष्टर डोज कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनविरुद्ध प्रभावकारी देखिएकोअध्ययनबाट देखिएको छ ।

बुष्टर डोज अर्थात तेस्रो मात्रा ओमिक्रोनविरुद्ध प्रभावकारी पाइएको बेलायती अनुसन्धानकर्ताले बताएका छन् ।बुष्टर डोजले ओमिक्रोनबाट संक्रमित भएकालाई गम्भीर बिरामी हुनबाट ८५ प्रतिशतसम्म बचाउन सक्ने अध्ययनकर्ताले बताए ।

यसअघिका भेरिएन्टमा भन्दा ओमिक्रोनमा खोपको प्रभावकारिता केही कम देखिएको हो । तर हालकै खोपको प्रभावकारिता ओमिक्रोनविरुद्ध पनि रहेको वैज्ञानिकहरुको विश्लेषण छ। बुष्टर लगाएका मानिस ओमिक्रोनबाट संक्रमित भएपनि अस्पताल भर्ना हुनुपर्ने अवस्था नआउने देखिएको हो ।

इम्पेरियल कलेज लण्डनका वैज्ञानिकको टोलीले ओमिक्रोनका सम्बन्धमा हालसम्म प्राप्त जानकारीको आधारमा बुष्टर डोजको प्रभावकारिताबारे प्रारम्भिक निष्कर्ष निकालेका हुन् ।

त्यस्तै यस भेरिएन्टबारे पर्याप्त जानकारी आएपछि मात्रै खोपको प्रभावकारिताका सम्बन्धमा विश्वसनीय तवरले विश्लेषण गर्न सकिने उनीहरुको भनाइ छ ।

विश्वभरका वैज्ञानिक अझै पनि ओमिक्रोनको संक्रमणले निम्त्याउन सक्ने गम्भीरताका सम्बन्धमा अध्ययन गरिरहेका छन्।

गएको नोभेम्बरको अन्तिमतिर दक्षिण अफ्रिकामा पहिलोपटक पुष्टि भएको ओमिक्रोनको संक्रमण विश्वका झण्डै ८० देशमा पुष्टि भैसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *