कोरोनाको नयाँ स्वरुपले विश्वभर सङ्क्रमणको जोखिम फेरि बढायो : विश्व स्वास्थ्य सङ्गठन
१४ मंसिर २०७८ न्युयोर्क । विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको नयाँ परिवर्तित स्वरुपका कारण विश्वभर फेरि सङ्क्रमणको जोखिम बढेको चेतावनी दिएको छ ।
दक्षिण अफ्रिकाको वोत्सोवामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फेला परेको थियो । सङ्गठनले हालसम्मको सुरुवाती अध्ययनमा यो भाइरस अन्य भाइरसको तुलनामा बढी सङ्क्रामक रहेको र यसले विश्वभमा फेरि सङ्क्रमणलाई तीव्र गतिमा बढाउने चेतावनी दिएको हो ।
सङ्गठनले हिजो आफ्नो नियमित मिडिया ब्रिफिङ्गको क्रममा विश्वका केही क्षेत्रमा यसको गम्भीर प्रभाव पार्ने हुनाले सचेत रहन आग्रह गरेको हो ।
सङ्गठनका प्रमुख डा. टेड्रोस एड्हनोम घेबे्रयसुसले सबै धनी मुलुकलाई आग्रह गर्दै कोरोनाविरुद्धको खोप गरीब मुलुकलाई उपलब्ध गराउन आग्रह गर्नुभयो ।
उहाँले दक्षिण अफ्रिकामा फेला परेका नयाँ भेरिएन्ट बढी सङ्क्रामक रहेको र यो बढी म्यूटेशन गराउने भएकाले खतरा थप बढेको बताउनुभयो । कोरोनाको नयाँ भेरिएन्टको विषयमा थप अध्ययन र अनुसन्धानका लागि सङ्गठनले विशेष शत्र सुरु गरेको छ ।
प्रतिक्रिया