कोरोनाविरुद्धको खाने चक्कीले बेलायतमा पायो अनुमति
१९ कात्तिक २०७८ लण्डन । कोरोना भाइरसविरुद्ध पहिलो खाने चक्कीले बेलायतमा अनुमति पाएको छ ।
लक्षणसहित कोभिडका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकाय एमएचआरएले अनुमोदन गरेको हो ।
मोल्न्यूपिराभीर नाम दिइएको खाने चक्की अमेरिकी औषधि कम्पनी मर्क, शार्प एण्ड डोम र रिजब्याक बायोथेराप्याटिक्सले विकास गरेका हुन् ।
यो विश्वमा कोरोना भाइरसविरुद्ध खाने औषधिका रुपमा प्रयोगका लागि अनुमति पाउने पहिलो औषधि पनि हो । क्लिनिकल डाटाका आधारमा अनुमति पाएको औषधि कोराना संक्रमित भएको पाँच दिनपछि दिनमा दुई पटक खान दिइने छ ।
शुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको उक्त चक्कीले कोरोना संक्रमित भई अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणबाट देखिएको छ।
प्रतिक्रिया