विदेश

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुँदै

हिमालय टिभी
२०७८ कार्तिक १६ गते १०:०८
जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुँदै

१६ कात्तिक २०७८ स्कटल्याण्ड । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–ट्वेन्टी सिक्समा आज पहिलो ठूलो सम्झौतामा हस्ताक्षर हुँदैछ ।

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी नेताले सन् २ हजार ३० सम्म वन विनाश रोक्ने सम्झौतामा हस्ताक्षर गर्न लागेका हुन् ।

स्कट्ल्याण्डको ग्लास्गो शहरमा जारी सम्मेलनमा वन फडानी नियन्त्रण गर्ने प्रतिवद्धता जनाउनेमा ब्राजिल समेत सहभागी हुनेछ । विश्वकै ठूलो वनजंगल रहेको ब्राजिलको अमेजन वर्षावनमा व्यापक मात्रामा रुख कटान भइरहेको छ ।

कार्बनडाइअक्साइड कटौतिका लागि महत्वपूर्ण भूमिका रहेका रुख काटिँदा जलवायु परिवर्तनमा सहयोग पुग्ने गरेको छ । त्यस्तै वन संरक्षण र पुनर्स्थापनाका लागि थप लगानीबारे पनि सम्झौता गरिने छ ।

विश्वको वन क्षेत्रको ८५ प्रतिशत भन्दा बढी क्षेत्र ओगट्ने एक सय भन्दा बढी देशले वन फडानी नियन्त्रण सम्बन्धी सहमतिमा हस्ताक्षेर गर्ने तयारी गरेका हुन् ।

यस्तै २८ देशका सरकारले खाद्य र अन्य कृषि उत्पादनहरू जस्तै पाम तेल, सोया र कोकोको विश्वव्यापी व्यापारबाट वन विनाश हटाउन प्रतिबद्ध रहेको जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *