विदेश

दुई जना पत्रकारले पाए यो वर्षको नोबेल शान्ति पुरस्कार

हिमालय टिभी
२०७८ असोज २२ गते १५:१२
दुई जना पत्रकारले पाए यो वर्षको नोबेल शान्ति पुरस्कार

२२ असोज २०७८ स्टकहोम । यो वर्षको नोबेल शान्ति पुरस्कार दुई जना पत्रकारले पाएका छन् ।

नर्वेजियन नोबेल कमिटीले यो वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिनो(अमेरिकी पत्रकार मारिया रेसा र रुसी पत्रकार दिमित्री मुरातोभलाई दिने निर्णय भएको जनाएको छ। उनीहरूलाई अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको प्रयासका लागि पुरस्कार दिइएको कमिटीले जनाएको छ ।

प्रजातन्त्रको पूर्वसर्त र शान्तिका लागि अभिव्यक्ति स्वतन्त्रता महत्त्वपूर्ण भएको र त्यसको रक्षाका लागि रेसा र मुरातोभले उल्लेख्य भूमिका निर्वाह गरेको कमिटीको ठहर छ ।

रेसा फिलिपिन्सको पेसिगबाट सञ्‍चालन हुने समाचार वेबसाइट र्‍यापलरकी संस्थापक तथा सीईओ हुन् । त्यसअघि उनले झन्डै २० वर्ष सीएनएनका लागि दक्षिणपूर्वी एसियाबाट खोज पत्रकारका रूपमा काम गरेकी थिइन् ।

फेक न्युजविरुद्धको अभियानका लागि टाइम म्यागजिनले उनलाई सन् २०१८ मा वर्ष व्यक्तिसमेत घोषणा गरेको थियो । उनी फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेको कट्टर आलोचक हुन् ।

उनलाई सन् २०१९ साइबर अपराधको आरोपमा पक्राउ गरिएको थियो । उनी रिपोर्टर्स विदाउथ बोर्डर्सको सूचना तथा प्रजातन्त्र आयोगकी सदस्यसमेत हुन् । त्यस्तै मुतारोभ रूसी अखबार नोभाया ग्याजेटाका प्रधान सम्पादक हुन् । उनले सन् १९९५ देखि २०१७ सम्म अखबारको सम्पादन गरेका थिए ।

नोभाया ग्याजेटालाई कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले ‘आजको रूसमा एक मात्र राष्ट्रिय रूपमा प्रभाव पार्न सक्ने आलोचनात्मक अखबार’ को संज्ञा दिएको छ । सन् १९९३ मा रुसमा स्थापना भएको स्वतन्त्र पत्रिका नोभाजा गजेटका संस्थापकमध्ये उनी एक थिए ।

१९९५ देखि उक्त पत्रिकाको उनी प्रधान सम्पादक समेत रहँदैआएका छन् । १९९३ मा सुरु भएदेखि नै नोभाया ग्याजेटाले भ्रष्टाचार, प्रहरी हिंसा, गैरकानुनी गिरफ्तारी, चुनावी अनियमितताविरुद्ध थुप्रै आलोचनात्मक आलेख प्रकाशन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *