विदेश

वायु प्रदुषण मानव स्वास्थ्यमा सबैभन्दा ठुलो समस्याः विश्व स्वास्थ्य संगठन

हिमालय टिभी
२०७८ असोज ७ गते ८:०९
वायु प्रदुषण मानव स्वास्थ्यमा सबैभन्दा ठुलो समस्याः विश्व स्वास्थ्य संगठन

७ असोज २०७८ काठमाडौं । वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो स्वास्थ्य समस्याको रुपमा देखा परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

वायु प्रदूषणजन्य समस्याबाट एक वर्षमा विश्वभर ७० लाख मानिसको अल्पायुमै मृत्यु भएको डब्लुएचओको भनाइ छ ।

डब्लुएचओले यसै वर्षदेखि वायु गुणस्तरसम्बन्धी निर्देशिकालाई थप मजबुत बनाउने निर्णय पनि गरेको छ । वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएको बताउँदै डब्लुएचओले मानव श्वासप्रश्वासमा देखिने अन्य समस्यामा धूम्रपान र अस्वस्थ्यकर भोजनसँग सम्बन्धित रहेको जनाएको छ।

नयाँ निर्देशिकाले वायु प्रदूषणको प्रतिकूल असरबाट मानिसलाई जोगाउने उद्देश्य राखेको र यसलाई विश्वका सरकारले कडाइपूर्वका कार्यान्वयन गर्नुपर्नेमा डब्लुएचओको जोड छ।

नयाँ दिशानिर्देशअनुसार ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र कार्बन मोनोअक्साइडलगायत ६ वटा प्रदूषकका लागि वायु गुणस्तरको स्तर सिफारिस गरिएको छ।

डब्लुएचओले सन् २००५ मा अन्तिम पटक वायु गुणस्तरसम्बन्धी जारी गरेको दिशानिर्देशले विश्वमा प्रदूषण कम गर्ने नीतिमा उल्लेखनीय प्रभाव पारेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *