विदेश
मृत्यु भइसकेका भनिएका अलकायदा प्रमुख अल–जवाहिरीको भिडियो सन्देश सार्वजनिक
२०७८ भदौ २८ गते ७:४२
२८ भदौ, २०७८ काठमाडौं । मृत्यु भैसकेको भनिएका अलकायदाका प्रमुख आयमान अल–जवाहिरी एक भिडियोमार्फत फेरि देखिएका छन् ।
अमेरिकामा भएको सेप्टेम्बर ११ आक्रमणको २०औं वार्षिकोत्सवका बेला अलकायदाका प्रमुख जवाहिरीको एक भिडियो सार्वजनिक भएको हो ।
उनको गत वर्ष डिसेम्बरमै मृत्यु भैसकेको भनेर सार्वजनिक भएको थियो । जिहादी समूहको अनलाइन गतिविधिको निगरानी गर्ने गुप्तचर समूह साइटले यसको जानकारी दिएको हो ।
६० मिनेटको भिडियोमा तालिबान मिडिया र उसका लडाकुलाई पनि देखाइएको छ।
प्रतिक्रिया