विदेश
कोरोनाविरुद्धको फाइजरको खोपलाई पूर्ण स्वीकृति
२०७८ भदौ ८ गते ९:४९

८ भदौ २०७८ काठमाडौं । अमेरिकाले कोभिड–१९ विरुद्धको फाइजर खोपलाई पूर्ण स्वीकृति दिएको छ ।
अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले मान्यता दिएको हो ।
दुई डोज लगाउनुपर्ने फाइजर खोपलाई एफडीएले गएको डिसेम्बरमा आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको थियो ।
यो खोप १६ वर्षभन्दा माथिकालाई लगाउन सकिनेछ । अमेरिकी जनस्वास्थ्य अधिकारीहरूले फाइजर खोप प्रभावकारी रहेको र यस कार्यले कोरोनाविरुद्धको खोपसम्बन्धी रहेका आशंकाहरू चिर्न मद्दत पुग्ने अपेक्षा गरेका छन् ।
प्रतिक्रिया