विदेश

तालिवान विद्रोहीद्वारा अफगानिस्तानको निमरोज प्रान्तको राजधानी जाराञ्ज कब्जा

हिमालय टिभी
२०७८ साउन २३ गते ७:४४
तालिवान विद्रोहीद्वारा अफगानिस्तानको निमरोज प्रान्तको राजधानी जाराञ्ज कब्जा

२३ साउन २०७८ काबुल । अफगानिस्तानमा तालिवान विद्रोही समूहले देशको पहिलो प्रान्तीय राजधानीमाथि कब्जा जमाएको छ ।

तालिवानले दक्षिण पश्चिमी क्षेत्रको निमरोज राज्यको राजधानी जाराञ्जमाथि नियन्त्रण कायम गरेको हो । इरानको सीमा जोडिएको जाराञ्ज एक ठूलो व्यापारिक केन्द्र हो ।

तालिवानले समेत सामाजिक सञ्जाल ट्विटमार्फत आफ्नो जितको घोषणा गरेको छ । जाराञ्जमाथि तालिवानले पकड जमाएको त्यहाँका स्थानीय अधिकारीले जनाएका छन् ।

अफगानिस्तानबाट विदेशी सेना बाहिरिने निर्णय भएसँगै तालिवानले देशका विभिन्न स्थानमा नियन्त्रणको प्रयास गरिरहेको छ । तर उसले अहिलेसम्म कुनै राज्यको राजधानी कब्जा गर्न सकेको थिएन ।

त्यस्तै सरकार र विद्रोहीबीच हेरात, लश्कर गाह र कान्दाहार पनि भीषण लडाई जारी छ । जाराञ्ज कब्जापछि केही अधिकारीलाई उनका परिवारका साथ इरान प्रवेशको अनुमति दिइएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *