विदेश
कोरोना निको भएपछि पनि हृदयघात वा स्ट्रोकको खतरा हुने अध्ययनको निश्कर्ष
२०७८ साउन २० गते ९:०४
२० साउन २०७८ काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण निको भएको पहिलो दुई हप्तामा हृदयघात वा स्ट्रोकको खतरा तीन गुणा बढी हुने अध्ययनले देखाएको छ ।
मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित अध्ययनले कोरोना निको भएको दुई हप्तामा हृदयघात वा स्ट्रोकको खतरा तीन गुणा बढी हुने निश्कर्ष निकालेको हो ।
अनुसन्धानकर्ताले स्वीडेनमा ८६ हजार ७ सय ४२ जनासंक्रमित तथा ३ लाख ४८ हजार ४ सय ८१ जना संक्रमण नभएका व्यक्तिमा हृदयघात वा स्ट्रोकको खतराबारे तुलनात्मक अध्ययन गरेको बताएका छन् ।
प्रतिक्रिया