विदेश

मध्य–पूर्वी मुलुकमा कोरोना महामारीको चौथो लहर शुरु

हिमालय टिभी
२०७८ साउन १६ गते ९:१७
मध्य–पूर्वी मुलुकमा कोरोना महामारीको चौथो लहर शुरु

१६ साउन २०७८ काठमाडौं । विश्व स्वास्थ्य संगठनले मध्य–पूर्वी मुलुकमा कोरोना महामारीको चौथो लहर शुरु भएको बताएको छ ।

डेल्टा भेरियन्टको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेकाले मध्यपूर्वी मुलुकमा चौथो लहर शुरु भएको बताएको हो । संगठनले पहिलोपटक भारतमा फेला परेको डेल्टा मध्यपूर्वमा रहेको २२ मध्ये १५ मुलुकमा फैलिसकेको बताएको छ ।

जसमा पाकिस्तानसहित मोरक्को, इरान लगातका मुलुक रहेका छन् । विश्व स्वास्थ्य संगठनका पूर्वी भूमध्यसागरीय क्षेत्रका निर्देशक अहमद अल–मन्धारीले कोरोनाको चौथो लहरमा बढी जसो सङ्क्रमित गम्भीर किसिमका रहेको र अस्पताल भर्ना गर्नुपर्ने खालका रहेको बताउनुभयो ।

उहाँले अस्पताल भर्ना हुने अधिकांश बिरामीले खोप नलगाएको पनि प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *