विदेश
जापानमा पहिरोमा परी कम्तिमा २० जना बेपत्ता
२०७८ असार १९ गते १७:०६

१९ असार २०७८ टोकियो । जापानको शिजुवा क्षेत्रको अतामी शहरमा भारी वर्षापछि आएको पहिरोमा परि कम्तिमा २० जना बेपत्ता भएका छन् ।
शहरमाथिको एउटा पहाडी ढिस्कोमा पहिरो गएपछि बगेको लेदोले धेरै घर बगाएको हो । क्योदो समाचार एजेन्सीका अनुसार दुई जनाको शव तटीय क्षेत्रमा फेला परेको छ ।
प्रहरी,अग्नि नियन्त्रक, जापानी सेना पनि खोजीमा जुटेको बीबीसीले जनाएको छ । प्रधानमन्त्री योशिहिदी सुगाले भारी वर्षा पछिको पहिरोमा परि हराइरहेकाहरुको आपतकालीन उद्धारका लागि टास्क फोर्सले काम गर्ने बताएका छन् ।
जापानमा गत वर्ष जुलाईमा भारी वर्षा पछिको बाढी पहिरोमा परी जनधनको ठुलो क्षति भएको थियो ।
प्रतिक्रिया