विदेश

भारतमा गर्भवती महिलालाई कोरोनाविरुद्धको खोप लगाउन अनुमति

हिमालय टिभी
२०७८ असार १९ गते ९:१०
भारतमा गर्भवती महिलालाई कोरोनाविरुद्धको खोप लगाउन अनुमति

१९ असार २०७८ नयाँ दिल्ली । भारत सरकारले गर्भवती महिलालाई पनि कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले गर्भवती महिलाहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सक्ने अनुमति दिएको हो । सरकारको अनुमतिपछि अब गर्भवती महिलाहरुले पनि कोरोनाविरुद्धको खोप लगाउन सक्ने छन् ।

स्वास्थ्य मन्त्रालयले हिजो नेशनल टेक्निकल एडभाइजरी ग्रुप अन इम्यूनाइजेशन (एनटीएजीआई) को सिफारिसलाई पनि स्वीकृति दिएको हो ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै गर्भवती महिलाले अब कोविन ऐपमा पञ्जीकरण गरेर वा सिधै नजिकैको खोप केन्द्रमा गएर कोरोना खोप लगाउन सक्ने बताएको छ ।

नयाँ नियम अनुसार अब गर्भवती महिलाहरुले कुनैपनि गर्भावस्थामा कोरोनाविरुद्धको खोप लगाउन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *