विदेश

इथियोपियामा द्वन्द्वका कारण चालीस लाख नागरिक भोकमरीबाट प्रभावित

हिमालय टिभी
२०७८ असार १९ गते ८:१४
इथियोपियामा द्वन्द्वका कारण चालीस लाख नागरिक भोकमरीबाट प्रभावित

१९ असार २०७८ इथियोपिया । इथियोपियाको टिग्रे क्षेत्रमा जारी द्बन्द्बका कारण चालीस लाख मानिस भोकमरीबाट प्रभावित हुने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

टिग्रे विद्रोही र सरकारी पक्षबीच लडाईका कारण उत्पन्न अनिकालको असर चालिस लाख जनाकम परेको राष्ट्रसंघको भनाइ छ ।

टिग्रे संकटबारे आफ्नो पहिलो सार्वजनिक बैठकमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले ३३ हजार भन्दा बढी बालबालिकामा गम्भिर कुपोषणमा पर्ने चेतावनी दिए ।

यसअघि राष्ट्रसंघले आठ महिने द्बन्द्बमा करीब २० लाख भोकमरीमा परेको जनाएको थियो । त्यस्तै राष्ट्रसंघले टिग्रेमा तत्काल युद्धविरामको घोषणा हुनुपर्ने बताए ।

टिग्रेमा क्षेत्रीय सेनासँग संघर्ष गरिरहेका इथियोपियाली सरकारले एकपक्षीय युद्धविराम घोषणा गरेको थियो । तर विद्रोहीले आफ्ना शत्रुलाई हटाउने भन्दै संघर्ष जारी राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *